कोशी प्रदेश नयाँ सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिँदै

Post Thumbnail

साउन १६, काठमाडौँ । कोशी प्रदेशमा नयाँ सरकार गठनका प्रदेश प्रमुखले दिएको समय आज अपराह्न ५ बजे सकिँदैछ । प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि गत शुक्रबार दलहरूलाई पाँच दिनको समय दिएका थिए ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न मंगलबार अपराह्न ५ बजेसम्मको समय दिएका हुन् । शनिबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरू सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउन सहमत भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस