वैशाख २८, काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच विश्वासको संकट देखिएको छ । एकता भाँडिएको एक साता नाघिसक्दा पनि दुवै दलबीच थप छलफल अघि बढ्न सकेको छैन । बरु दुबै दलले एकअर्का माथि विश्वासको बातावरण खोजिरहेको देखिएको छ ।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले दुई पार्टीको एकता घोषणा कार्यक्रमस्थलबाटै नाउपाका संरक्षक रेशम चौधरी प्रकाउ भएको घटनाबारे सत्यतथ्य सार्वजनिक भएपछि मात्रै एकता हुने बताए । एकताको छलफलमै रहेपनि फेरि सोही किसिमको घटना दोहोरिन सक्नेतर्फ सचेत रहेको उनले बताए ।
नाउपाभित्र भने रेशम चौधरी पक्राउबारे पारिवारीक कलह चुलिएको छ । रेशमका बुबासमेत रहेका संघीय सांसद लालवीर चौधरीले बुहारीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठमाथि नै गम्भीर प्रश्न उठाए पछि घरझगडाजस्तै देखिएको हो ।
लालबिरले अध्यक्ष रञ्जिताले रेशम पक्राउबारे प्रतिनिधि सभामा गृहमन्त्री रमेश लेखकलाई जबाफ दिन रोक्न खोजेको आरोप फेसबुकमार्फत लगाएका थिए । आफूविरुद्ध लगाइएको निराधार आरोप पुष्टि गर्न नसके कानुनी उपचार खोज्ने अध्यक्ष क्षेष्ठले चेतावनीसमेत दिइन् ।
उनले भने, ‘सदनमा सभामुखले रुलिङ भैसकेको कुरालाई नबोलनुस भन्ने त हुदैन, मलाई जुन आरोप लगाउनुभयो त्यसको पुष्टी गर्नुभएन भने मैले कानुनी एक्शन लिनुपर्छ ।’
अध्यक्ष श्रेष्ठले पार्टीभित्र जे सुकै विवाद भए पनि कसैको घर झगडाले पार्टी एकता नरोकिने जवाफ पनि दिइन् ।
रेशम पक्राउको चित्तबुझ्दो जवाफ नदिएमा सरकार छाड्ने बताएको नाउपा गृहमन्त्रीको जवाफपछि पछि हटेको छ । संघीय सरकारमा नाउपाको तर्फबाट अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् ।