वैशाख २८, काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुईनखोलामा ट्रक पल्टिँदा बाटो पूर्णरूपमा बन्द भएको छ ।
चितवन प्रहरीका अनुसार कोइला बोकेर वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ९८१७ नम्बरको ट्रक आइतबार बिहान ७ बजे पल्टिएको हो । ट्रक अनियन्त्रित भई पल्टिँदा दुवैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्ने यो स्थानमा बाटो खुलाउन इलाका प्रहरी कार्यालय मुग्लिनबाट टोली खटिएको चितवन प्रहरीले जनाएको छ ।