वैशाख २८, काठमाडौं । आम जनता पार्टीले दलाल दलतन्त्रविरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान चलाउने निर्णय गरेको छ । कोटेश्वर स्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले दलीय गणतन्त्रको भण्डाफोर गर्दै जनताको जन गणतन्त्र स्थापना गर्न देशव्यापी कमाण्ड तोकेको हो ।
आजपाका प्रवक्ता चन्द्र भूषण साहले प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान गणतन्त्र जनताको लागि नभई दलका नेता र तिनका आसेपासे झोलेहरूको लागि रहेको टिप्पणी गर्दै पार्टीले गणतन्त्र दिवसको सन्दर्भ पारेर ुदलीय गणतन्त्रको भण्डाफोर गरौँ१ जन गणतन्त्रको दिशामा अघि बढौँ ११ु भन्ने मूल नाराका साथ दलाल दलतन्त्र विरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्न लागेको उल्लेख गरेका छन् ।
भण्डाफोर अभियान सञ्चालनका लागि सङ्घीय राजधानी काठमाडौँमा पार्टीका अध्यक्ष प्रभु साह, कोशी प्रदेशमा तिलक थापा मगर, मधेस प्रदेशमा चन्द्रभुषण साह, लुम्बिनी प्रदेशमा त्रिभुवन साह, गण्डकी प्रदेशमा ज्ञानेन्द्र कुमार तामाङ र सुदूरपश्चिम प्रदेशमा समिना हुसैनको नेतृत्वमा कमाण्ड तोकिएको छ ।
ुपार्टीको केही महत्त्वपूर्ण विभागहरुलाई थप व्यवस्थित एवं फलदायी बनाउन सङ्गठन विभाग प्रमुखमा त्रिभुवन साह, आर्थिक विभाग प्रमुखमा रञ्जु साह र शिक्षक विभागमा रवीन्द्र प्रसाद सिंहलाई जिम्मेवारी तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले आन्दोलन र पार्टी सङ्गठनलाई जनस्तरमा पुर्याउन सङ्गठन निर्माण र सदस्यता वितरण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । यस्तै कार्य सम्पादन मूल्याङ्कनको आधारमा लुम्बिनी प्रदेशबाट डा उषमान अलि, शम्भु जयसवाल, भगत र विद्या शर्मालाई पार्टीको सचिवालय सदस्यमा मनोनीत समेत गरेको छ ।