म्यानचेस्टर सिटी र साउथह्याम्पटनको बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ बैशाख २८, आईतबार (५ घण्टा अघि)
  • ४९ पटक पढिएको
म्यानचेस्टर सिटी र साउथह्याम्पटनको बराबरी

वैशाख २८, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र साउथह्याम्पटन गोलरहित बराबरी खेलेका छन् । शनिबार राति भएको खेल बराबरीमा सहिएपछि सिटीको च्याम्पियन्स लिगको छनोट सम्भावनामा धक्का लागेको छ ।

पहिल्यै रेलिगेट भइसकेको र प्रिमियर लिगको पुछारमा रहेको साउथह्याम्प्टनसँगको बराबरीले महत्त्वपूर्ण दुई अंक गुमाउँदा च्याम्पियन लिभरपुलबाहेक च्याम्पियन्स लिगका बाँकी चार स्थानका लागि प्रतिस्पर्धा गरिरहेका ६ वटा टोलीमध्ये तेस्रो स्थानमा रहेको सिटीको स्थिति फेरि अनिश्चित बनेको हो ।

यो बराबरीसँगै सिटीको ३६ खेलमा ६५ अङ्क भएको छ । सिटी तालिकाको तेस्रो स्थानमा छ । तालिकाको पुछारमा रहेको टोली साउथह्याम्पटन समान ३६ खेलमा १२ अङ्क छ ।

प्रिमियर लिगमा शनिबार रानि नै भएका अन्य खेलमा एभर्टनले फुलहमलाई ३–१ ले, ब्राइटनले उल्भ्सलाई २–० ले, ब्रेन्टफोर्डले इपस्विच टाउनलाई १–० ले हरायो । त्यस्तै एस्टनभिल्लाले बर्नमाउथलाई १–० गोलले हराएको छ । अङ्कतालिकामा शीर्ष स्थानको लिभरपुलले यसअघि नै लिगको उपाधि जितिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस