सोडारी समाजवादीबाट मुख्यमन्त्री बन्दै

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ बैशाख २१, शुक्रबार (२ हप्ता अघि)
  • ६३ पटक पढिएको
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

बैशाख २१, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिन आज अपराह्न ५ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

गत ६ वैशाखमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोडारी नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका हुन् । उनलाई सत्तारुढ दल र स्वतन्त्र सांसद तारा जोशीसमेत गरी ३० सांसदको समर्थन छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८ ,माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सदस्य रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस