विकासको भोक मेट्न अन्धाधुन्ध विनाश नियन्त्रण गरौं : महामन्त्री शर्मा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ३१, बिहिबार (११ महिना अघि)
  • ६९ पटक पढिएको
विकासको भोक मेट्न अन्धाधुन्ध विनाश नियन्त्रण गरौं : महामन्त्री शर्मा

जेठ ३१,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आगामी पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने किसिमले अन्धाधुन्ध विनाश भइराखेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘आजको विकासको भोक मेट्न, भोलिको पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगले अन्धाधुन्ध विनाश नियन्त्रण गरौं,’ उनले भने ।

भूगर्भविदहरूले औंल्याएका पहिरोको जोखिम वस्तीहरू स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राख्नुपर्ने र विपद व्यवस्थापनमा स्थानीय तहको मूमिकालाई बढोत्तरी दिनुपर्ने उनको सुझाव छ ।

ताजा अपडेट

खोजी गर्नुहोस