निर्मला बलात्कार प्रकरण : आज पनि प्रदर्शन, अश्रुग्यास प्रहार !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ६, बुधबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र ६,कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने बास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै महेन्द्रनगरमा आज (बुधबार) पनि नागरिकहरुले आन्दोलन चर्काएका छन् ।

प्रहरीले वास्तविक अपराधी लुकाउन मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी देखाएर उम्किन खोजेको उनीहरुको आरोप छ । आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेरर प्रदर्शनकारीलाई तितरवितर बनाउने प्रयास गरेको छ । तर, स्वतःस्फूर्त रुपमा आन्दोलनमा उत्रिएका नागरिकहरु ठूलो मात्रामा जम्मा भइरहेका छन् ।

आन्दोलनका कारण बजार व्यवसाय पूर्णरूपमा बन्द भएको छ । आन्दोलनमा उत्रिएका नागरिकहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गर्न माग गरेका छन् । स्थानीय नागरिकहरुले मंगलबार पनि प्रदर्शन गरेका थिए ।

१३ वर्षीया बालिका निर्मलाको हत्यामा संलग्न भएको भन्दै प्रहरीले केही दिनअघि मानसिक सन्तुलन गुमाएका दिलिप सिंह विष्टलाई पक्राउ गरी सार्वजनीक गरेको थियो ।

गत साउन १० गते साथीको घरमा जान्छु भनी निस्केकी १३ वर्षीया निर्मला ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस