एमसीसी बारे नेकपा के भन्छ ? अधिकाँस भन्छन्-“हतारमा पारित गर्नुहुँदैन”

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ १७, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १७, काठमाण्डौ । सत्तारूढ नेकपामा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदबाट ुयथास्थितिु मा पारित गर्न नहुने मत बलियो देखिएको छ । पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावको छलफलमा भाग लिँदै केन्द्रीय सदस्यहरूले एमसीसी पारित गर्नुअघि यसमा थप प्रस्ट हुनुपर्ने माग गरेका छन् ।

उनीहरूले यसका लागि पार्टी नेता र बुद्धिजीवी सम्मिलित विज्ञ समूह बनाई अध्ययन गर्ने र कतिपय बुँदा परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीका चार सय ३८ केन्द्रीय, पाँच पदेन र तीन आमन्त्रित गरी कुल चार सय ४६ नेतामध्ये सचिवालयका नौ नेताबाहेक अन्य नेताले बिहीबार प्रतिवेदनमाथि समूहगत छलफल गरेका थिए ।
१५ समूहमा गरिएको छलफलमा धारणा राखेका अधिकांश नेताले एमसीसी यथास्थितिमा गठन पारित गर्न नहुने मत राखेका छन् । एमसीसी अहिलेकै अवस्थामा पारित गर्न सकिन्न। नेता र विज्ञ सहभागी अध्ययन कार्यदल बनाउनुपर्ने र त्यसले दिने सुझावका आधारमा सम्झौताका प्रावधान संशोधन गरी पारित गर्नुपर्ने मत बलियो रूपमा उठेको छ,ु नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले भने ।

एमसीसी हतारमा पारित गर्दा पार्टीमा झन् विग्रह ल्याउन सक्ने भन्दै केही नेताहरूले मध्यमार्गी उपाय अपनाउनुपर्ने बताएका थिए । केन्द्रीय सदस्य कुमार पौडेलले भने, इन्डो प्यासिफिक रणनीतिबारे अध्यक्षद्वयको प्रतिवेदनमा आएको धारणा सकारात्मक भए पनि एमसीसीबारे भने पुनर्विचार गर्नुपर्ने मत नेताहरूको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस