साउन २६, काठमाडौँ । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट सुर्खेत उडेको बुद्ध एयरको विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गरिएको छ ।
शनिबार बिहान बुद्ध एयरको यू ४ १३७ नम्बरको विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गरिएको हो । विमान बिहान ११:१५ बजे उडान भएको थियो । सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको यात्रुले बताएका छन् ।
त्रिभुवन विमानस्थलले मौसम खराबीका कारण विमान डाइर्भट भएको जनाएको छ ।
यसैबीच, विमान अहिले काठमाडौं फर्काइएको बताइएको छ ।
#मौसम खराबी