आइसीसी

‘वार्म अप’ खेलमा आज नेपाल र क्यानडा भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ जेष्ठ १४, सोमबार (३ हप्ता अघि)
  • ८३ पटक पढिएको
‘वार्म अप’ खेलमा आज नेपाल र क्यानडा भिड्दै

जेठ १४, काठमाडौँ । आइसीसी टी-२० विश्वकप अघिका वार्म अप खेल आजदेखि सुरु हुँदै छन् । आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै छ ।

अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि सुरु हुँदैछ ।

नेपाल र क्यानडाबीच अहिलेसम्म एक मात्र टी(२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको खेल नेपालले जितेको थियो ।

आइसीसीको टी(२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ ।

नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस