पौष २४, काठमाडौं । प्रायः मानिसले पायल्सको समस्या लुकाउने प्रयास गर्छन्।
यसो गर्दा झन् ठूलो समस्या निम्तिने गर्छ। पायल्स हुँदा दिसासँगै मलद्वारबको भित्री भाग पनि बाहिर निस्कने गर्छ।
समस्या जटिल बन्दै गएमा दिसाको बेला निस्किएको मासुको डल्लो भित्र नपस्ने समस्या पनि हुन्छ।
लामो समयसम्म दिसा रोक्दा पनि पायल्सको समस्या हुन सक्छ। पायल्स हुनेहरुमा दिसा आएजस्तो हुने तर दिसा बस्दा नआउनेजस्ता समस्या पनि देखापर्छ।
तयसैले कहिल्यै दिसा रोकने बानी गर्नु हुँदैन।
कब्जियत र पायल्स हुन नदिन के खाने?
प्रशस्त पानी पिउने।
हरियो सागपात काँचै खाने।
दैनिकरुपमा फलफूल खाने।
खानासँग काक्रो, मूला र गाजर खाने।
नरिवल, अनार, स्याउजस्ता फलफूल अधिक मात्रामा खाने।
हरेकदिन शारीरिक व्यायाम गर्ने।
पायल्स भएका बिरामीले पिरो, चिल्लो, तथा मसला बढी भएको माछा मासु नखाने।
कालो दाल, अदुवा, अमिलो, चना, आलु, पुरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट, रक्सी जस्ता चिज नखाने।
खानेकुरा खाँदा एकदम कम र हल्का खाने। शरीरले पचाउन सक्ने गरी मात्रै खानुपर्छ।