पिएसजीले जित्यो १६औं पटक फ्रेन्च कपको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ ११, आईतबार (९ घण्टा अघि)
  • ४८ पटक पढिएको
पिएसजीले जित्यो १६औं पटक फ्रेन्च कपको उपाधि

जेठ ११, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च कपको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा रिम्समाथि ३–० को सहज जित निकाल्दै पिएजीले उपाधि जितेको हो ।

पिएसजीको जितमा ब्राड्ली बार्कोलाले पहिलो हाफमै दुई गोल गरे भने एक गोल राइट ब्याक अचरफ हाकिमीका लागि अवसर बनाइदिए । यी दुई गोलमा डेसिरे डुएको उत्कृष्ट असिस्ट रहेको थियो ।

यो जितसँगै पिएसजीले कीर्तिमानी १६औं पटक फ्रेन्च कप जितेको छ । यसअघि क्लबले यस सिजन कीर्तिमानी १३औं पटक लिग १ उपाधि जितिसकेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस