चार वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ ११, आईतबार (५ घण्टा अघि)
  • ४६ पटक पढिएको
चार वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

जेठ ११, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, बंगालको खाडीको उत्तर–पश्चिमका केही क्षेत्र तथा दक्षिण–पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै माल्दिभ्स, श्रीलंका लगायतका भू–भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू–भागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ ।

आज दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च–पहाडी तथा हिमाली भू–भागका ‍एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति, देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही कोसी र मधेस प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च–पहाडी तथा हिमाली भू–भागका ‍एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस