मादी नदीमा जिप खस्यो, तीन जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ११, आईतबार (५ घण्टा अघि)
  • ४४ पटक पढिएको
मादी नदीमा जिप खस्यो, तीन जनाको मृत्यु

जेठ ११, तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदीमा जिप खस्दा तीन जनाको मृत्यु भएको छ ।

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप शनिबार राति करिब साढे ११ बजे मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मुत्यु हुनेमा व्यास नगरपालिका– ५ का कुशल मगर, प्रविन मगर र कुमार मगर रहेका छन् । त्यस्तै, दुर्घटनामा परेर चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन् ।

घाइतेमध्ये रौनिहारलाई दमौली अस्पतालमा प्राथमिक उपचार गरेर पोखरा रिफर गरिएको छ भने चालक गुट्टाको दमौली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपमा पाँच जना यात्रु सवार थिए ।

यता हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेखपुरमा शनिबार इँटा बोकेको ट्याक्टर र मोटरसाइकल एकापसमा ठोकिँदा २ जनाको मृत्युभएको छ भने १ जना घाइते भएका छन् ।

मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको ज्यान गएको हो । दुवै जनालाई उपचारका लागि लाँदा एक जनाको बाटोमै र अर्काको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका-१ जमुनि मध्येपुरा बस्ने वीरेन्द्र यादवका १९ वर्षीय छोरा सन्तोष यादव र सोही गाउँपालिका-२ बस्ने बिहारी मण्डलका २२ वर्षीय छोरा सागर मण्डल रहेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको स१त ५४४२ नंको ट्याक्टर विपरीत दिशाबाट आइरहेको मप्र०२–०१९ प ९६२६ नंको मोटरसाइकल आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनापछि ट्याक्टर चालक फरार छन् घाइते विष्णुपुर गाउँपालिका-१ जमुनि मध्येपुराका १८ वर्षीय धनञ्जय यादवलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस