भारतमा फेरी कोरोना संक्रमण, नेपालमा उच्च सतर्कताको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १०, शनिबार (६ घण्टा अघि)
  • ३८ पटक पढिएको
भारतमा फेरी कोरोना संक्रमण, नेपालमा उच्च सतर्कताको आग्रह

जेठ १०, काठमाडौं । भारतमा फेरि कोरोना संक्रमित भेटिन थालेपछि नेपालमा उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । भारतसँग खुल्ला सिमा भएका कारण नेपालमा जोखीम अत्याधिक रहने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सजकता अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतसँग जोडिएका सबै थल नाका र हवाई नाकामा हल्प डेस्टमा निगरानी गर्ने गरी तयारी भएको सुनाए । कोभिडले भयाभह अवस्था नआओस् भनेर सबै तयारी सरकारले गरेको उनको भनाइ छ ।

एसियाकै सिंगापुर, हङकङ, चीन र थाइल्याण्डमा कोरोनाभाइरसका बिरामी फेरि बढिरहेका छन् । यसले कोरोनाले फेरी विकराल रुप लिने त होईन भन्ने चिन्ता बढ्न थालेको छ ।

सरकारले भने विगतको जस्तो कोरोना भेरियन्ट जेएन–१ संक्रामक र घातक नरहेकाले डराउनुपर्ने अवस्था नरहेको बताएको छ । स्वास्थ्य मापदण्ड भने सबैले पालना गर्नुपर्ने मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए ।

विज्ञहरुले पनि संक्रमण विभिन्न देशमा देखा परेको भन्दै नेपालमा पनि जोखिम रहेको बताएका छन् । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले रुघाखोकी जस्तै लक्षण देखिने जेएन–१ भेरियन्टका कारण आत्तीनु पर्ने अवस्था नरहेको भए पनि सचेतता भने अपनाउनुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस