हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ अवरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १०, शनिबार (६ घण्टा अघि)
  • ४१ पटक पढिएको
हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ अवरुद्ध

जेठ १०, काठमाडौं । हेटौँडा– काठमाण्डौ जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो बाढीले बगाएपछि गएरातिदेखि कान्तिलोकपथ सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सडक पूर्ण रुपमा अवरुद्ध भएकाले सवारी साधन आवतजावत रोकिएको बताए । । उनले अवरुद्ध सडक खुलाउने पहल भइरहेको जानकारी दिए ।

हेटौँडा–काठमाण्डौ आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । कार्यालयले कुलेखानी–सिस्नेरी–फर्पिङसहित वैकल्पिक सडक प्रयोग गर्न भनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस