नेतृत्व नै राज्य दोहनमा लागेका कारण देश बिग्रियो : घनश्याम भुसाल

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ ९, शुक्रबार (६ घण्टा अघि)
  • ४० पटक पढिएको
नेतृत्व नै राज्य दोहनमा लागेका कारण देश बिग्रियो : घनश्याम भुसाल

जेठ ९, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेताहरूकै ठूला प्रयत्नका कारण देश बिग्रिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

महासचिव भुसालले गणतन्त्रलाई चाहिएको राजनीतिक नेतृत्व नालायक हुँदा मुलुकमा रोजगारी सिर्जना र सुशासन कायम हुन नसकेको बताए । सत्तामा टिकिरहनका लागि गणतन्त्रको कार्यकारी नेतृत्वले राज्यको स्रोत दोहन गरेको उनको भनाइ छ ।

‘हाम्रो गणतन्त्रलाई चाहिएको लिडरसिप जुन थियो त्यो नालायक भयो । त्यो राज्य दोहनतिर लाग्यो जसले गर्दा रोजगारी र सुशासनतर्फ त्यसले लगेन । सत्तामा रहनको लागि उसले राज्य दोहन गर्नुपर्‍यो, उनले भने, कतिपय मान्छेले यो देश यसै बिग्रिएको हो भन्छन् । त्यसो होइन । नेताहरूको धेरै ठूला प्रयत्नले यो देश बिग्रिएको हो ।’

उनले नाफा कमाउने तर उद्यम नखोल्ने पुँजीपति र नकमाएको सम्पतीमा बाँच्ने नेताहरूबीचको गठबन्धन नै मुलुकको विकास र सुशासनका प्रमुख बाधक भएको टिप्पणी गरे । साथै, उनले मुलुकको मसस्या बुझेर तदअनुसार काम गर्न नसके व्यवस्थालाई चुनौती दिने पात्रहरू समाजमा जन्मिरहने पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस