मानव तस्करी प्रकरण

अख्तियारले अनुसन्धान गरिरहेको बेला अध्यागमनका १५ कर्मचारीको सरुवा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ९, शुक्रबार (७ घण्टा अघि)
  • ५३ पटक पढिएको
अख्तियारले अनुसन्धान गरिरहेको बेला अध्यागमनका १५ कर्मचारीको सरुवा

जेठ ९, काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत अध्यागमनका थप ६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । गृहले विमानस्थल अध्यागमन कार्यालयमा खटिएका नायब सुब्बा र कम्प्युटर अपरेटरहरूलाई सरुवा गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मानव तस्करीबारे अनुसन्धान गरिरहेका बेला गृहले मन्त्रालयले सरुवा गरेको हो । योसँगै अध्यागमन कार्यालयबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुगेको छ । आज दुई चरणमा १४ जना र यसअघि उपसचिव तीर्थराज भट्टराईसहित गरेर १५ जना कर्मचारीलाई सरुवा गरिएको हो ।

एक महिनादेखि अध्यागमनको अनुसन्धानमा लागेको अख्तियार छापा मार्ने सूचना पाएपछि भट्टराई भने एकदिन अघि सरुवाको माग गरेका थिए । उनलाई भोलीपल्ट गएको जेठ ७ गते अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।

गृहमन्त्रालयले भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका उच्च तहका कर्मचारीहरूकै संलग्नता भएको आशंकापछि बिहीबार छापा मारेर महत्वपूर्ण कागजात र कम्प्युटरलगायत विभिन्न डिभाइसहरू नियन्त्रणमा लिइसकेको छ ।

नायब सुब्बा प्रेमप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा, नायब सुब्बा वीरभद्र जोशी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा, नायब सुब्बा नरबहादुर थापा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएका छन् ।

त्यस्तै कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, धनराज उपाध्याय र सहायक कम्प्युटर कमला श्रेष्ठलाई कारागार व्यवस्थापन विभाग वा अन्तर्गतका कार्यालयमा सरुवा गरिएको छ।

त्यस्तै नायब सुब्बा सुबराज श्रेष्ठ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, नायब सुब्बा दत्त लामा जिल्ला प्रशासन कार्यालय जाजरकोट, नायब सुब्बा गोविन्दप्रसाद अधिकारी जिल्ला प्रशासन कार्यालय गोरखा, नायब सुब्बा तेजराज गौतम जिल्ला प्रशासन कार्यालय बाग्लुङ, नायब सुब्बा सुवास केसी जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिम, नायब सुब्बा कुवेरप्रसाद दाहाल जिल्ला प्रशासन कार्यालय धनकुटामा सरुवा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस