गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ९, शुक्रबार (५ घण्टा अघि)
  • ५६ पटक पढिएको
गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

जेठ ९, काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई बर्खास्तीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको छ भने सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता युवराज सफलले लेखकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका हुन् । भिजिट भिसाको सेटिङमा प्रत्यक्ष रुपमा उनको सचिवालय मुछिएको र यसमा मन्त्रीकै मिलेमतो रहेकाले उनलाई बर्खास्त गर्न भन्दै उजुरी दिएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहका सहसचिव तिर्थराज भट्टराई लगायतमाथि छानविन गरिरहेको छ । भिजिट भिसाको सेटिङको मन्त्रीकै सचिवालयबाट भइरहेको अख्तियारको प्रारम्भिक छानविनले देखाएको छ ।

अख्तियारले मानव तस्करीबारे छानबिन गरिरहेका बेला गृहले मन्त्रालयले भने आज त्रिभुवन विमास्थल अध्यागमन कार्यालयमा कार्यरत सुब्बा, नायब सुब्बा र कम्युटर अपरेटर गरी १४ जनालाई सरुवा गरेको छ । यसअघि जेठ ६ गते भट्टराईलाई पनि गृहमा तानेको थियो ।

त्यस्तै, मन्त्री पदमा बस्दा उनले छानविन प्रभावित गर्न सक्ने तथा प्रमाण लुकाउन सक्ने भएकाले बर्खास्तीको माग गरी सर्वोच्च अदालतमा अधिवक्ता मधु चौलागाईले रिट पेश गरेका छन् । सो रिट दर्ताबारे आइतबार निर्णय हुने सर्वोच्च प्रशासनले जनाएको छ ।

भिजिट भिसामा दैनिक ५० लाख रुपैयाँसम्म असुल्ने गरिएको घटनामा गृहमन्त्रीमाथि समेत छानविनको दबाब बढीरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस