आईपीएल: हैदरावादले बैंगलुरुलाई हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ १०, शनिबार (७ घण्टा अघि)
  • ४१ पटक पढिएको
आईपीएल: हैदरावादले बैंगलुरुलाई हरायो

जेठ १०, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरु(आरसीबी)लाई हराएको छ । शुक्रबार रातिको खेलमा सनराइजर्सले बैंगलुरुलाई ४२ रनले हराएको हो । ​

सनराइजर्सले दिएको २३२ रनको लक्ष्य पछाएको बैंगलुरुले १९.५ ओभरमा अल आउट हुदै १८९ रन बनाएको थियो । बैंगलुरुका लागि फिल साल्टले सर्बाधिक ६२ रन बनाए भने विराट कोहलीले ४३ रन बनाए ।

सनराइजर्सका बलर प्याट कमिन्सले ३ विकेट र इशान मालिंगाले २ विकेट लिए ।

यसअघि लखनउमा पहिला ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाउदै २३१ रन बनाएको थियो ।​ सनराइजर्सका लागि इशान किशनले सर्बाधिक ९४ रन बनाए भने अभिषेक शर्माले ३४ रन बनाएका थिए।

बेङ्गलुरुका रोमारियो सेपर्डले दुई विकेट लिए ।

प्लेअफको दौडबाट बाहिरिएको सनराइजर्सको १३ खेलमा ११ अंकका साथ तालिकाको आठौ स्थानमा रहेको छ । हारपछि बैंगलुरु भने तेस्रो स्थानमा झरेको छ । बैंगलुरुको १३ खेलमा १७ अंक रहेको छ ।

आईपीएल क्रिकेटमा आज पन्जाब किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस