देशभरको मौसम बदली, चट्याङसहित वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ १०, शनिबार (७ घण्टा अघि)
  • ३९ पटक पढिएको
देशभरको मौसम बदली, चट्याङसहित वर्षाको सम्भावना

जेठ १०, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसमो प्रभावले कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैइरहेको छ ।

महाशाखाका अनुसार दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक(दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

सातै प्रदेशको एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस