भिजिट भिसामा मानव तस्करी

अध्यागमन प्रकरण बाहिरिएको चार दिनपछि गृहको प्रष्टिकरण: संलग्नता छैन, भ्रामक सूचना नदिनु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ १०, शनिबार (४ घण्टा अघि)
  • ६० पटक पढिएको
अध्यागमन प्रकरण बाहिरिएको चार दिनपछि गृहको प्रष्टिकरण: संलग्नता छैन, भ्रामक सूचना नदिनु

जेठ १०, काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन विमानस्थलको अध्यागमन प्रकरणका बिषयमा आएका समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग सम्बन्धित पछिल्ला घटनाहरूमा गृह मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार र टिप्पणीप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

मनत्रालयका सहसचिव छबि रिजालले आज एक बिज्ञप्ती जारी गर्दै उक्त घटनामा मनत्रालयको कुनै संलग्नता नभएको जनाउँदै सत्यतथ्य बाहेकका सामग्रीहरु प्रकाशन तथा प्रसारण नगर्न सबैमा अनुरोध समेत गरेको छ ।

विज्ञप्तिमा समाचारलाई कपोलकल्पित, भ्रामक र आधारहीन भन्दै खण्डन गरेको छ । मन्त्रालयले यस्ता कुनै पनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा आफ्नो नेतृत्वको कुनै संलग्नता नरहेको र भविष्यमा पनि नहुने स्पष्ट पारेको छ ।

विमानस्थल अध्यागमन कार्यालयको कार्यसम्पादन सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल अनुसन्धान गरिरहेको उल्लेख गर्दै मन्त्रालयले अनुसन्धान पश्चात् सत्य तथ्य सार्वजनिक हुने विश्वास व्यक्त गरेको छ ।

मन्त्रालयले अनुसन्धान प्रक्रियामा मन्त्रालयको पूर्ण सहयोग रहने स्पष्ट समेत पारेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस