गृहमन्त्रीलाई विगतको आफ्नै दृष्टान्त सम्झाउँदै रास्वपाले माग्यो राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १०, शनिबार (५ घण्टा अघि)
  • ४९ पटक पढिएको
गृहमन्त्रीलाई विगतको आफ्नै दृष्टान्त सम्झाउँदै रास्वपाले माग्यो राजीनामा

जेठ १०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । शनिबार बसेको रास्वपा सचिवालयको भर्चुअल बैठकपछि कार्यवाहक प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,’ रास्वपाले आज जारी गरेको विज्ञप्तिमा भनेको छ ।

गृहमन्त्री र उनका सचिवालय नै ‘भिजिट भिसा’मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएको भन्दै रास्वपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा, त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सुझाव दिन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

यो प्रकरणमा कम्तिमा १४ कर्मचारी आयोगको छानबिनमा परेपछि शुक्रबार गृहमन्त्रालयले उनीहरुलाई जिम्मेवारीबाट हटाएर अन्तै सरुवा गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस