जेठ ११, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई ६ विकेटले हराएको छ । राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा गएराति भएको खेलमा २ सय ७ रनको लक्ष्य दिल्लीले १९.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
दिल्लीका समिर रिजवीले सर्वाधिक ५८ रन, करुण नायरले ४४, ट्रिस्टन स्टब्स १८, ओपनर केएल राहुल ३५ रन बनाए । यसै खेलमा आइपिएल डेब्यु गरेका सेदिकुल्लाह अतलले २२ रन बनाए । कप्तान फाफ डु प्लेसिसले २३ रन बनाए ।
पञ्जाबका हप्रित ब्रारले २ तथा मार्को यानसन र प्रविण दुवेले समान १ विकेट लिए ।
त्यसअघि पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६ रनको योगफल तयार गरेको थियो । पञ्जाबका लागि कप्तान श्रेयस अय्यरले ५२ रन बनाए । मार्कस स्टोइनेस ४४ रनमा अविजित रहे ।
दिल्लीका मुस्ताफिजुर रहमानले ३, कुलदिप यादव र विप्रराजले समान २ तथा मुकेश कुमारले १ विकेट लिए ।
जितका साथ सिजनको अन्तिम खेलमा जित निकाल्दै दिल्लीले सिजनको सुखद अन्त्य गरेको छ । पञ्जाबको शीर्ष २ मा रहँदै पहिलो क्वालिफायर खेल्ने लक्ष्यमा धक्का लागेको छ ।
आइपिएलमा आज गुजरात टाइटन्स र चेन्नई सुपुरकिंग्स तथा कोलकता नाइट राइडर्स र सनराईजर्स हैदराबाद खेल्नेछन् ।