भैरहवामा २५ रुपैयाँमै खाना खुवाउने होटल!

Post Thumbnail

जेठ १, काठमाडौँ । २५ रुपैयाँमा खाना! सुन्दा पत्यार नलाग्न सक्छ। तर, सत्य हो। भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन्।

भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउन्डेसनअन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन्।

मंगलबारबाट खाना खुवाउन थालिएको छ। शाहाकारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्देश्य राखेका छन्।

विशेष गरी अस्पताल, सरकारी विद्यालय र मजदुरलाई कार्यस्थलमा फाउन्डेसन घुम्ती सेवाबाट खाना खुवाउने छ।

ताजा अपडेट

खोजी गर्नुहोस