परराष्ट्रले लियो सर्वोच्चलाई पठाएको पत्र फिर्ता, महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न मार्गप्रशस्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ बैशाख ३१, बुधबार (७ घण्टा अघि)
  • ४५ पटक पढिएको
परराष्ट्रले लियो सर्वोच्चलाई पठाएको पत्र फिर्ता, महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न मार्गप्रशस्त

बैशाख ३१,काठमाडौँ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गराउन लागेको एकता महाधिवेशनका लागि दिएको निवेदन फिर्ता लिएको छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईले गैरआवासीय नेपाली संघको एकताको महाधिवेशन मिति पर सार्न माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदन फिर्ता लिएको जानकारी दिए ।

निवेदन २०८१ वैशाख २२ मा आएकाले मन्त्रालयले दिएको निवेदनको औचित्य समाप्त भएको भन्दै यसअघिको निवेदन फिर्ता लिएको उल्लेख गरेका छन् ।

यसबाट एकता महाधिवेशनद्वारा निर्विरोध निर्वाचित महेश श्रेष्ठ नेतृत्वको कमिटीलाई काम गर्न मार्गप्रशस्त भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस