चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा अब डायलाइसिस सेवा पनि विस्तार हुने

चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा अब डायलाइसिस सेवा पनि विस्तार हुने

काठमाडौँ । चन्द्रागिरि नगरपालिका-०४ थानकोट गोदामचोकस्थित नगर प्राथमिक अस्पतालमा अब डायलाइसिस सेवा पनि विस्तार हुने भएको छ ।

चन्द्रागिरि नगरपालिका, लायन्स क्लब अफ चन्द्रागिरि, लायन्स क्लब अफ चन्द्रागिरि नर्थ र लायन्स क्लब अफ काठमाडौं ग्लोबल लगायतका संस्थाहरूको सहयोगमा करिब १ करोड ७८ लाख रुपैंयाको लागतमा ७ वटा डायलसीस उपकरण अस्पतालमा स्थापना गरिएसँगै नगर अस्पतालमा डायलसीस सेवा प्रदान गर्न आधार तय भएको हो ।

ती उपकरण गत साता लायन्सका प्रतिनिधिहरूले नगरप्रमुख घनश्याम गिरीलाई हस्तान्तरण गरेका थिए ।

प्रकृयागत व्यवस्थापनपश्चात अस्पतालमा डायलासिस सेवा नियमित सन्चालनमा ल्याइने नगरप्रमुख घनश्याम गिरीले बताएका छन् ।

ती उपकरण सञ्चालनका लागि बलम्बुस्थित सशस्त्र प्रहरी बलको मातहत सञ्चालन भइरहेको अस्पतालसँग प्राविधिक एवं जनशक्ति सहयोग लिने नगरपालिकाको तयारी छ ।

हाल चन्द्रागिरि नगर अस्पतालमा १५ शैया सञ्चालनमा छन भने, प्रयोगशाला, २४सै घण्टा आकस्मिक कक्ष सेवासहित बर्थिङ सेवा, विभिन्न रोगका विशेषज्ञ सेवा उपलब्ध भइरहेको छ ।

नगर अस्पतालको क्षमता वृद्धि गर्न हाल सो स्थानमा नयाँ भवन निर्माण भइरहेको छ भने अस्पताल हाता नजिकै जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा करिब एक अर्बमा लागतमा परोपकार प्रसुति एवं स्त्रीरोग अस्पताल निर्माण हुने प्रकियामा रहेको छ ।

बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले २०७८ बैशाख २८ गते चन्द्रागिरि नगर प्राथमिक अस्पतालको उद्घाटन गरेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस