काठमाडौँ । सर्वोत्तम सिमेण्ट लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिका तथा सोही नगरपालिका अन्तर्गतको भगवती माध्यमिक विद्यालयलाई जनही एक लाख पचास हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ।
स्थानीय सरकार र शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै समुदायको सामाजिक, शैक्षिक तथा पूर्वाधार विकासमा योगदान पुर्याउने उद्देश्यले गरिएको यो पहलले दीगो सामाजिक परिवर्तनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
सर्वोत्तम सिमेण्ट सामाजिक प्रभाव सृजना गर्ने परियोजनाहरूमा निरन्तर संलग्न रहँदै आएको छ, र भविष्यमा पनि यस्ता कार्यहरूमा सक्रिय रूपमा सहभागी हुने दृढ अठोट व्यक्त गर्दछ।