रसुवा बाढी अपडेटः १२ नेपालीसहित १८ जना बेपत्ता, ९ जनाको उद्धार

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ २४, मंगलबार (१ दिन अघि)
  • ६२ पटक पढिएको
रसुवा बाढी अपडेटः १२ नेपालीसहित १८ जना बेपत्ता, ९ जनाको उद्धार

असार २४, काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीमा परी रसुवागढी नाकाबाट १८ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखि न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ३ जना नेपाल प्रहरी, ९ जना नेपाली नागरिक र ६ जना चिनियाँ मजदुर गरी १८ जना बेपत्ता भएका हुन् ।

बाढीमा फसेकाहरुको उद्धार गर्न २१ शशस्त्र प्रहरीसहित बिभिन्न प्रहरी कार्यालयहरुबाट ९४ जनाको टोली खटिएको थियो । तर, उद्धार गर्ने क्रममा प्रहरी सहायक निरिक्षक लाल बहादुर श्रेष्ठ र प्रहरी जवानद्वय मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा बेपत्ता भएको प्राधिकरणले जनाएको छ ।

एक प्रहरी, एक शशस्त्र प्रहरी र सात स्थानीयसहित ९ जनाको उद्धार गरिएको छ । बाढीले रसुवागढी नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल–चीन सम्पर्क बिच्छेद भएको छ । यस्तै टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी र आठदेखि नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ ।

नेपाल–चीन भन्सार यार्डमा पनि क्षति पुगेको छ । बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पु¥याएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । चीनमा भएको अविरल वर्षाका कारण बाढी आएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस