सर्वाधिक सुविधायुक्त केयी इ–क्यूट ०२ः इलेक्ट्रिक गाडी मात्र रु. २०.९६ लाखमै उपलब्ध

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ २४, मंगलबार (१ दिन अघि)
  • ७३ पटक पढिएको
सर्वाधिक सुविधायुक्त केयी इ–क्यूट ०२ः इलेक्ट्रिक गाडी मात्र रु. २०.९६ लाखमै उपलब्ध

असार २४, काठमाडौं । नेपालका लागि केयी गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जी.ओ. अटोमोबाइल्सले नेपाली बजारमा नयाँ केयी इ–क्यूट ०२ इलेक्ट्रिक गाडी ल्याएको छ । आधुनिक प्रविधि र सुविधाले भरिपूर्ण यो गाडी अब केवल रु. २०.९६ लाखको विशेष मूल्यमा उपलव्ध गराइनेछ ।

विशेषगरी मूल्य र फिचरको हिसाबले केयी इ–क्यूट ०२ नेपालमा उपलब्ध सर्वाधिक व्यावहारिक र सुलभ २–ढोके इलेक्ट्रिक गाडी मध्ये एक बनेको छ । कम्पनीले आक्रामक मूल्य निर्धारणमार्फत नेपालको इभी बजारमा व्यापक पहुँच बनाउन लक्ष्य लिएको जनाएको छ ।

आधुनिक फिचर र उच्च प्रदर्शन
केयी इ–क्यूट ०२ मा ४० किलोवाट मोटर र २८.०८ किलोवाट आवर ब्याट्री जडान गरिएको छ, जसले ३०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यसमा रीजेनेरेटिभ ब्रेकिङ, चार ड्राइभ मोडहरू (इकों, इको, नर्मल, स्पोर्ट्स), र १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम सहितका उच्च–गुणस्तरीय सुविधाहरू छन् ।

कारमा कन्सिल्ड डोर ह्यान्डल, १५–इन्च टायर, र इन्टरमिटेन्ट वाइपर जस्ता स्मार्ट स्टाइलिंग विवरणहरू समावेश छन्, जसले यसलाई थप आकर्षक र आधुनिक बनाउँछ ।

सुरक्षा र सजिलो प्रयोगमा जोड
सुरक्षाका दृष्टिकोणले पनि गाडी उत्कृष्ट छ । ६५५ उच्च–शक्तिको स्टिल केज बडी, डुअल एयरब्याग, हील असिस्ट कन्ट्रोल, आइसोफिक्स चाइल्ड सिट एन्कर, र ३६०–डिग्री भ्यू क्यामेराले सुरक्षित ड्राइभ अनुभव सुनिश्चित गर्छ ।

गाडीमा प्रयोग गरिएको फिजेट स्पिनर–शैलीको रिमोट की, किलेस एन्ट्री, पुश–बटन स्टार्ट, तथा स्वचालित हेडल्याम्प जस्ता फिचरले प्रयोगकर्तालाई सहजता र सुविधा प्रदान गर्छ ।

नेपालभर उपलब्धता
केयी इ–क्यूट ०२ अहिले काठमाडौं (नख्खु, थापाथली), बिर्तामोड, नेपालगञ्ज, धनगढी, दाङ, भैरहवा, हेटौंडा, भरतपुर, पोखरा, विराटनगर र वीरगञ्ज लगायतका प्रमुख शहरका अधिकारिक केयी शोरूमहरूमा उपलब्ध छ ।

कम्पनीका अनुसार यो मूल्य र प्रविधिको संयोजनले नेपाली ग्राहकहरूलाई हरित, सस्तो र उच्च–प्रदर्शन इलेक्ट्रिक गाडी रोज्न प्रेरित गर्ने विश्वास लिएको छ । यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीलाई अझ द्रुत रूपमा स्वीकृति दिलाउने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस