असार २४, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ भने अस्ट्रेलियन डलरसहित केही मुद्राको विनिमयदर घटेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ सात पैसा र बिक्रीदर १३७ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा रहेको थियो ।
युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ७३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । हिजो युरो एकको खरिददर १६० रुपैयाँ ५९ र बिक्रीदर १६१ रुपैयाँ ३० पैसा थियो ।
यस्तै यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४० पैसा रहेको छ । हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ १५ र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा थियो।
अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १० पैसा र बिक्रीदर ८९ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७४ पैसा थियो ।
यसैगरी स्वीस फ्रयांक एकको खरिददर १७१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र बिक्रीदर १०० रुपैयाँ ७५ पैसा, सिंगापुर डलर एकको खरिददर १०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २२ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा तोकिएको छ ।
साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ सात पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५४ पैसा र बिक्रीदर २१ रुपैयाँ ६४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४५० रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६५ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ तीन पैसा र विक्रीदर ३५७ रुपैयाँ ५८ पैसा रहेको छ ।
राष्ट्र बैंकले भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।