भोटेकोसीमा आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुलमा क्षति

रसुवागढी भन्सार यार्डबाट गाडी र सामान बगायो
  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ २४, मंगलबार (२ दिन अघि)
  • ५२ पटक पढिएको
भोटेकोसीमा आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुलमा क्षति

असार २४, काठमाडौं । तिब्बती क्षेत्रमा भएको बर्षापछि भोटेकोशी नदिमा एक्कासी बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति पुगेको छ । बिहान सवा ३ बजेतिर भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलमा समेत क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार चीनबाट आएको बाढीका कारण पुल क्षति पुग्नुका साथै भन्सार क्षेत्रमा पार्किङ गरिएका गाडी, भन्सार गर्न राखिएका सामानहरुसमेत बगाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी हेम बहादुर शाहीले धेरै सवारीसाधन बगाएको र अहिले प्रहरी परिचालन गरेको जानकारी दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार त्यहाँ थुप्रै कन्टेनर पुरिएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

प्राधिकरणले नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचित गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस