नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ अषाढ २४, मंगलबार (२ दिन अघि)
  • ५४ पटक पढिएको
नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुने

असार २४, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले आगामी भदौमा मैत्रीपूर्ण खेल्ने अखिल नेपाल फुटबल संघ ९एन्फा०ले जनाएको छ ।

हाल नेपाली फुटबल टिमले एएफसी एसियन कपको छनोट खेलिरहेको छ । नेपाल छनोटका यसअघिका दुवै खेलमा पराजित भइसकेको छ । नेपालले अब एसियन कप २०२७ तेस्रो चरणको छनोटमा भियतनामसँग खेल्ने तालिका छ । नेपालले असोज २३ गते भियतनामसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

छनोटमा भियतनामसँगको खेलको तयारीका लागि नेपालले भदौ २१ र २४ गते बंगलादेशसँग खेल्न लागेको हो । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार फिफा विन्डोमा हुने दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछन् ।

नेपाल एसियन कप छनोटको समूह एफ मा छ । यो समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनाम छन् । समूह चरणका दुई खेल खेलेको नेपालले मलेसिया र लाओससँग हार बेहोरेको छ । नेपाल मलेसियासँग २–० र लाओससँग २१ ले पराजित भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस