त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ २४, मंगलबार (१ दिन अघि)
  • ६५ पटक पढिएको
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

असार २४, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेको छ । समितिले सोमबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष तीन जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस भएकाहरुमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्रा.डा. विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा. दीपक अर्याल रहेका छन् ।

उपकुलपति प्रा डा केशरजङ्ग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि गत चैत ३१ गते कुलपति ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए ।

कुलपति ओलीले गत जेठ ६ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य र शिक्षा मन्त्रालयका सचिव रहेको सिफारिस समिति गठन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस