लाङटाङ-क्यान्जिन पदमार्गमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख ३१, बुधबार (७ घण्टा अघि)
  • ४१ पटक पढिएको
लाङटाङ-क्यान्जिन पदमार्गमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

बैशाख ३१,काठमाडौँ । नेपाल टेलिकमले रसुवा जिल्लाको उच्च हिमाली क्षेत्र लाङटाङ(क्यान्जिन पदमार्गमा ४जी मोबाइल सेवा विस्तार गरेको छ । क्यान्जिन उपत्यकामा नयाँ बिटिएस (बीटीएस) जडान गरी सञ्चालनमा ल्याइएको यो सेवा स्थानीय बासिन्दा, पर्यटक र पर्यटन व्यवसायीका लागि लाभदायक हुने अपेक्षा गरिएको छ ।

समुद्री सतहबाट करिब ३८०० मिटर उचाइमा रहेको क्यान्जिन उपत्यका गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्छ । स्याफ्रुबेशीबाट करिब दुई दिनको पदयात्रापछि पुगिने यो गन्तव्य लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ र स्वदेशी(विदेशी पर्यटकबीच लोकप्रिय मानिन्छ ।

टेलिकमका अनुसार ४जी सेवाबाट पदयात्राका क्रममा पर्यटकहरूले सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनसँग तुरुन्तै साटासाट गर्न सक्नेछन् । साथै, यस सेवा विस्तारले दुर्गम भेगमा सञ्चार पहुँच वृद्धि गरी आपतकालीन परिस्थितिमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस