बिनोद खनालको शब्द, बबिना भट्टराईको स्वरमा ‘नदीमा तिमी छौ’ सार्वजनिक (भिडियो सहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८२ बैशाख ३१, बुधबार (६ घण्टा अघि)
  • ६ पटक पढिएको
बिनोद खनालको शब्द, बबिना भट्टराईको स्वरमा ‘नदीमा तिमी छौ’ सार्वजनिक (भिडियो सहित)

बैशाख ३१,काठमाडौँ । पछिल्लो समय गीत संगीतको क्षेत्रमा गजल लोकप्रिय बन्दै गएको छ । परम्परागत साहित्यिक शैलीलाई समेट्दै समसामयिक विषयवस्तु प्रस्तुत गर्ने माध्यमको रूपमा गजलको प्रभाव विस्तार भइरहेको छ ।

यसैबीच गजलकार बिनोद खनालको शब्दमा नदीमा तिमी छौ बोलको गजल सार्वजनिक भएको छ । उनका यी प्रेमिल शेरहरुलाई गायिका तथा संगीतकार बबिना भट्टराईले आफ्‌नो मधुर र लययुक्त स्वर एवं संगीतमा सजाएकी छिन् । उक्त गजलमा लालकाजी श्रेष्ठ एरेन्ज रहेको छ । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त गजलकोे मिक्सिङ मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।

ए।जे। अजुले निर्देशन गरेका ‘नदीमा तिमी छौ’ को भिडियो सम्पादन भने अनिल विष्ट प्युठानीले गरेका छन् । भिडियोमा बबिना आफै फिचर्ड भएकी छिन् । ‘नदीमा तिमी छौ’ गजलको भिडियोमा रोजिना श्रेष्ठ ले श्रृङ्गार सहित दिपक सापकोटा हारमोनियम, अनिश गन्धर्व तवला, सुनिल राई गितारमा रहेर बबिनाको गायनलाई गजलमय बनाएका छन् । गजल ‘नदीमा तिमी छौ’ भिडियो गायिका तथा संगीतकार बबिना भट्टराईको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस