पत्रकारबाट पीठाधीश बनेका मुकुन्द शर्माको नेतृत्वमा ‘कालाग्निरुद्र’ जागृति

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख ३१, बुधबार (७ घण्टा अघि)
  • ६ पटक पढिएको
पत्रकारबाट पीठाधीश बनेका मुकुन्द शर्माको नेतृत्वमा ‘कालाग्निरुद्र’ जागृति

काठमाडौं । धार्मिक चेतनाका अगुवा मुकुन्द शर्मा हुमागाईं पत्रकारिताको क्षेत्रमा स्थापित नाम हो । तर अहिले उनी “विश्वकै एकमात्र कालाग्निरुद्र पीठ” का पीठाधीशका रूपमा देशभर धार्मिक गतिविधिमा अग्रसर छन् ।

उनकै संकल्प र नेतृत्वमा ७७ जिल्लामा रथयात्रा गरिँदै २०८० सालमा सम्पन्न राष्ट्रिय कोटिहोम नेपालकै धार्मिक इतिहासमा एउटा अध्याय बनिसकेको छ । राष्ट्रपति र पूर्वराजा सहित जनसागरको सहभागितामा सम्पन्न कार्यक्रमले लड्केश्वर धामलाई नयाँ पहिचान दिलाएको हो ।

कालाग्निरुद्र धारणालाई मूर्तरूप दिन उनले पुराणसम्मको अध्ययन र व्यवहारिक कर्मका माध्यमबाट जनचेतनाको जालो बुनिरहेका छन् । हालसम्म ६ वटा लक्षहवन सम्पन्न भइसकेका छन् भने अर्को राष्ट्रिय कोटिहोम २०८३ सालमा आयोजना गर्ने तयारी तीव्र गतिमा भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस