बैशाख ३१,काठमाडौँ ।। कास्कीको पोखरा महानगरपालिका-३२ लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी थप ८ जना घाइते भएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।
धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो लामेआहालमा दुर्घटना भएको हो ।