नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ३, एक्लेगाउँमा रहेको एक क्वारेन्टाईनमा अहिले कोरोना संकास्पद बिरामीहरु १३ जना रहेका छन् । उनीहरुको आरडिटि तथा पिसिआर बिधिबाट कोरोना भएनभएको जाँच हुनै बाँकी छ । सम्भवत ः भोली या पर्सि स्वाव संकलन गर्ने तथा आरडिटि परिक्षण गरिने बेलकोटगढीनगरपालिका वडा नम्बर ३ का वडा सदस्य कौशिला पुडासैनीले जानकारी दिईन् । त्यहाँ रहेका सबै ब्यक्तिहरुको मनमा निकै हर्ष छ ।