आईडिया फर नेपालले सबैभन्दा लामो मुक्तिनाथ केबलकार निर्माणमा लगानी गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन १, बुधबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फागुन १,काठमाडौँ । नेपालको ईतिहासमै नेपाली निजी क्षेत्रको मात्र ईक्विटी लगानीमा केबलकार निर्माण गर्नको लागी लगानी बोर्ड नेपालबाट मुक्तिनाथ केबलकार निर्माण प्रा.लिलाई अनुमती प्राप्त भएको छ । विश्वको लामो यात्रुबहाक केबलकारको रुपमा मुक्तिनाथ केबलकार परियोजनामा ईक्विटी शेयरको रुपमा लगानी गर्न आईडिया फर नेपाल प्रा.लि तयार भएको छ । कुल लगानीको २० प्रतिशत शेयर लिने समझदारी भएको हो । आईडिया फर नेपाल र मुक्तिनाथ दर्शन प्रा.लि बीच शेयर खरिद बिक्रिको सम्झौतामा मंगलबार हस्ताक्षर भएको हो ।

४५ देशका दुई हजार भन्दा बढी गैरआवसिय नेपाली र चिनिया व्यवसायीहरुको समेत लगानी रहेको आईडिया फर नेपालले कृषि,भौतिक पुर्वाधार,पर्यटन तथा प्रविधिका विविध २० वटा भन्दा बढी परियोजनामा लगानी गरिरहेको छ ।

गएको भदौमा लगानी बोर्ड नेपालसंग कास्कीको विरे ठाँटी मुक्तिनाथ मन्दिरसम्म ६ वटा अन्तरिम स्टेशनहरु घोरेपानी,तातोपानी, लेते,कोवाङ जोमसोम र कागबेनीमा चढ्ने तथा उत्रनुपर्ने उक्त केबलकार ८४.१ किलोमिटर लामो हुनेछ । सोही क्रममा तिखेढुंगा,धाँसा र मार्फामा समेत उक्लने र ओर्लने सुविधा हुने आईडिया फर नेपालका निर्देशक शिरोमणी दवाडीले अनलाईन केन्द्रलाई बताए ।

परियोजनाको प्रारम्भिक अध्ययन तथा सम्भाव्यताको काम सम्पन्न भईसकेको छ भने डिपिआर र ईआइएको कार्य दु्रत गतिमा भईरहेको निर्देशक दवाडीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस