फागुन १४, काठमाडौं । लगानी बोर्ड नेपालले ९ सय मेगावाटको अरुण तेश्रो जलविद्युत् आयोजनाको सुरक्षाका लागि ‘डेडिकेटेड सेक्युरिटी टिम’ राख्ने प्रस्ताव गरेको छ।
तीन साताअघि अज्ञात समूहले बम विष्फोट गरेपछि सुरक्षालाई सुदृढ बनाउन लगानी बोर्डले यस्तो प्रस्ताव गरेको छ।
भारतीय सरकारी कम्पनी रतजल जलविद्युत् निगमले निर्माण गर्न लागेको अरुण तेश्रो वैदेशिक लगानीको सबैभन्दा ठूलो आयोजना हो।
७ फेब्रुअरीमा बम विष्फोट भएपछि आयोजनाको मुख्य सुरुङ (टनेल) तफएको काम अबरुद्ध भएको छ।