लघुवित्त

निर्धन उत्थान लघुवित्तको नाफामा उछाल, इपीएसमा पनि उल्लेख्य वृद्धि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २६, बुधबार (१ हप्ता अघि)
  • ६५ पटक पढिएको
निर्धन उत्थान लघुवित्तको नाफामा उछाल, इपीएसमा पनि उल्लेख्य वृद्धि

बैशाख २६, काठमाण्डौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २९९.४६ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ४ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ३.२६ प्रतिशतले घटेको छ । तेस्रो त्रैमाससम्म संस्थाले १ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी १ अर्ब २१ करोड र सञ्चालन मुनाफा ४३ करोड २० लाख रुपैयाँ रहेको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ८ करोड २६ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी २ अर्ब ६१ करोड रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ १८ करोड १६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । संस्थाको रिजर्भ २ अर्ब ४३ करोड १ लाख रुपैयाँ रहेको छ ।

तेस्रो त्रैमाससम्ममा १९ अर्ब ७७ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २४ अर्ब ३५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

#लघुवित्त

ताजा अपडेट

खोजी गर्नुहोस