खुद नाफामा गिरावट

हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा गिरावट,अन्य सूचकको अवस्था कस्तो छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २६, बुधबार (१ हप्ता अघि)
  • ११८ पटक पढिएको
हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा गिरावट,अन्य सूचकको अवस्था कस्तो छ ?

बैशाख २६, काठमाण्डौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा ७.९९ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ७ करोड ३२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म १२ अर्ब २ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको ११ अर्ब ९ करोडको तुलनामा ८.४० प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ६ करोड ३६ लाख ,लगानी तथा कर्जा आम्दानी ४ अर्ब १२ करोड ६३ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४८ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

यस्तै कम्पनीको अन्य आम्दानी ६ लाख ५२ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी १६ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको ४ अर्ब ५६ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले गरेको दाबी भुक्तानी अघिल्लो आवको सोहि अवधिका तुलनामा ६.४८ प्रतिशतले धेरै हो ।

#हिमालयन लाइफ इन्स्योरेन्स

ताजा अपडेट

खोजी गर्नुहोस