सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निश्कासनको लागि विद्युत नियमन आयोगको पूर्व स्विकृति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २७, बिहिबार (१ हप्ता अघि)
  • ३२ पटक पढिएको
सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीलाई आईपीओ निश्कासनको लागि विद्युत नियमन आयोगको पूर्व स्विकृति

बैशाख २७, काठमाडौँ ।  विद्युत नियमन आयोगले सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि पूर्व स्विकृति प्रदान गरेको छ । कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार को प्राथमिक शेयर (आईपीओ)  निष्काशन गर्ने भएको हो । प्राथमिक शेयर निष्काशन (आईपीओ) को लागि कम्पनी र कुमारी क्यापिटल बिच सम्झौता सम्पन्न भई कार्य अघि बढीसकेको छ ।

शेयरको प्रत्याभूतिको कार्य नेपाल एस.वि.आई क्यापिटलबाट हुनेछ । कम्पनीले ११ मे.वा क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । कुमारी बैंक लिमिटेडको अगुवाईमा नेपाल एस.वि.आई बैंक सँगको सहवित्तिय कर्जाबाट आयोजनाको निर्माण कार्य भईरहेको छ ।

आयोजनाको करिव ७० प्रतिशत कार्य सम्पन्न भएको छ । नुवाकोटको दुप्चेश्वर गाऊँपालिकामा तादि खोलामा यो आयोजनाको निर्माण कार्य भईहरेको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको  बहुमत शेयर लगानी रहेको र आयोजना निर्माण पश्चात अपि पावर कम्पनीका शेयरधनिहरुलाई थप मुनाफा दिने कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए ।

यस आयोजनाको निर्माण कार्य २०८१ साल माघ महिना भरिमा सम्पन्न गर्न कम्पनी लागि परेको समेत न्यौपानेले बताए । आयोजनाबाट उत्पादित विद्युत शक्ति ८ किलोमिटर लामो ३३ के.भि ट्रान्सिमिसन लाईनबाट ने.वि.प्राको समुन्द्रटार सवस्टेशनमा जडान गरि काठमाण्डौको लागि अमm भरपर्दो विद्युत प्रदान गरिनेछ । आयोजनामा फोल्वेल इनर्जे भारतको अत्पाधुनिक मसिन जडान गरिनेछ  ।

ताजा अपडेट

खोजी गर्नुहोस