प्रहरीले हान्यो आन्दोलनरत राहत शिक्षकमाथि पानीको फोहोरा र अश्रुग्यास !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन २०, सोमबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फागुन २०,काठमाडौँ । राहत र बालविकास शिक्षकहरुले पेशागत स्थायीत्वको माग गर्दै नयाँ बानेश्वरमा गरेको प्रदर्शमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न लागेका राहत र बालविकास शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ ।

प्रदर्शनका क्रममा केही शिक्षक घाइते भएका छन् । अश्रुग्यासका कारण पैदलयात्री र सर्वसाधारण पनि प्रभावित भएका छन् ।

यसअघि आइतबार पनि प्रदर्शनका क्रममा राहत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा हानेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस