अव्यावहारिक करबिरुद्ध चलचित्र सङ्घ आन्दोलित

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० माघ २३, मंगलबार (१ साल अघि)
  • ३९ पटक पढिएको
अव्यावहारिक करबिरुद्ध चलचित्र सङ्घ आन्दोलित

माघ २३,काठमाडौँ । सोमबार देशभरका चलचित्र घर बन्द भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यावहारिक कर खारेजीको माग गर्दै साङ्केतिक रूपमा देशभरका चलचित्र घर बन्द गरेको हो ।

सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारेको आरोप लगाएको छ । चलचित्र घरमा सरकारको अव्यवहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क) का कारण व्यवसायी धराशायी हुने अवस्थामा पुगेको हुँदा आज एकदिन देशभरका चलचित्र घर बन्द गरेको सङ्घले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस