गायक सुरज पण्डितको शब्द संगीत रहेको मौलिक देउडा गित ‘लैजा मेरी चरी’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० माघ २५, बिहिबार (१ साल अघि)
  • ६३ पटक पढिएको
गायक सुरज पण्डितको शब्द संगीत रहेको मौलिक देउडा गित ‘लैजा मेरी चरी’ सार्वजनिक

काठमाण्डौँ । रेलको बाटो लगायतका अथार्थपरक कालजयी गित गाएर चर्चा बटुलेका गायक सुरज पण्डितको शब्द संगीतले भरिएको अर्को देउडा गीत बजारमा आएको छ । गायिका तथा मोडल लक्ष्मी आचार्यको आवाजमा देउडा गीत ‘लैजा मेरी चरी’ सार्वजनिक भएको हो ।

गीतमा म्युजिक एरेन्ज योगेशकाजी शाहको रहेको छ । मिक्सिङ तथा सम्पादन श्यामश्वेत रसाइलीले गरेका छन् । गीतको सहमिक्सिङ तथा सम्पादन किरण सुनारको र रेकर्डिङ पवन विकको रहेको छ । सार्वजनिक गीतमा गितार सञ्जीव रसाइली, बाँसुरी रत्न विक र सारंगी हेमन्त कान्छा रसाइलीको रहेको छ । गायिका आचार्यकै आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस