बर्खे अधिवेशन

बागमती प्रदेश सभाको बर्खे अधिवेशन आह्वान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २८, शुक्रबार (१ हप्ता अघि)
  • ५० पटक पढिएको
बागमती प्रदेश सभाको बर्खे अधिवेशन आह्वान

बैशाख २८, काठमाडौँ । बागमती प्रदेश सभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय र सिफारिस बमोजिम प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरेका हुन् ।

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आगामी जेठ ४ गते प्रदेशसभा अन्तर्गतका विभिन्न पाँच वटा समितिको सभापति पदको निर्वाचन गर्ने विषयमा सबै दलबीच सहमति भएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस