BREAKING : विवादास्पद अध्यादेश फिर्ता लिन ओली सहमत

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७७ पौष १, बुधबार (४ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पुस १, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ । नेकपाभित्रको विवादकै कारण संवैधानिक परिषद् बैठक नै अवरुद्ध भएपछि प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ ल्याएका थिए । सो अध्यादेश  सरकारले सिफारिस गरेसँगै  राष्ट्रपति विद्यादेवी भण्डारीले हतारमा जारी गरेकी थिइन् ।

अध्यादेश ल्याइएपछि सत्तारुढ दल नेकपाभित्रै बाट ओलीको चर्को आलोचना भएको थियो भने प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत चर्को विरोध गरेको थियो ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस